कांग्रेस अधिवेशनः सोलुखुम्बुको स्थानीय तहमा कतै सर्वसम्मती कतै निर्वाचन
काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको पालिका स्तरीय अधिवेशनमा मंगलबार र बुधवार भएको सोलुखुम्बुको विभिन्न ८ वटा स्थानीय तहले नयाँ सभापति पाएको छ। मंगलबार भएको अधिवेशनमा गाउँपालिका र बुधबार भएको अधिवेशनमा नगरपालिकाको अधिवेशन भएको थियो।
जसअन्तर्गत, सोलुदुधकुण्ड नगरपालिकाको सभापतिमा सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन्। थुलुङ दुधकोशी गाउँपालिका भक्त गुरुङ निर्वाचित भएका छन्। खुम्बुपासाङ ल्हमु गाउँपालिकामा चुङ्वा शेर्पा सर्वसम्मतमा सभापति चयन भएका छन्। नेचासल्यान गाउँपालिका नीर कुमार शर्मा निर्वाचित भएका छन्।
त्यस्तै,सोताङ गाउँपालिकामा कृष्ण कार्की र महाकुलुङ गाउँपालिकामा बल कुमार कुलुङ सर्वसम्मतीमा चयन भएका छन्। माप्य दुधकोशी गाउँपालिकामा नवीन कार्की,लिखुपिके गाउँपालिकामा सुरज बस्नेत निर्वाचित सभापति भएका छन
No ads found for this position


डिसी नेपाल
Facebook Comment