बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमालेले गर्‍याे बहिष्कार

डिसी नेपाल
१४ असोज २०७८ १०:५७
96
Shares

काठमाडौं। संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादीका  अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो लगायत नेताहरू सहभागी छन्।

प्रमुख प्रतिपक्षी एमालेले भने बैठक बहिष्कार गरेको छ। एमालेले आफूले हटाएका १४ सांसदलाई कारवाहीको सूचना टाँस गरी सभामुखले मार्गप्रसस्त नगरेसम्म संसद गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने एमालेले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *