बनेपा बजारमा अनुगमनः दर्ता गरेर मात्रै चलाउन निर्देशन

डिसी नेपाल
१४ असोज २०७८ १७:१३

काठमाडौं। जिल्ला बजार अनुगमन समितिले आज काभ्रेपलाञ्चोकको बनेपा बजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गर्ने पसल सञ्चालकलाई जरिवाना गरेको हो ।

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको टोलीले खाद्यान्न, मासु, कस्मेटिकलगायतका पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा बनेपा नगरपालिका–७ गोदामचोकमा रहेको इजीसपले तोकिएभन्दा बढी मूल्यमा सामान बिक्री गरेको पाइएको भन्दै पहिलोपटकका लागि रु पाँच हजार जरिवाना गरिएको छ । पसलका सञ्चालकले मूल्यसूची टाँस गर्ने क्रममा भुलवश बढी मूल्य टाँसेको स्वीकार गर्दै अब त्यसरी गल्ती नगर्ने बताए ।

त्यसैगरी बनेपा नगरपालिका–९ शाहीटोलमा सञ्चालन गर्दै आएको पशु बधशाला बिनादर्ता सञ्चालन गरेको पाइएका कारण त्यसो नगर्न निर्देशन दिएको छ । बनेपाको शाही टोलमा आठ/नौ बधशाला सञ्चालनमा आएकामा सबै बिनादर्ता सञ्चालन गरेको र त्यसरी सञ्चालनमा आएको बधशाला मापदण्डअनुसारको नभएको पाइएको छ ।

बनेपा तीन दोबाटोमा चण्डेश्वरी मासु पसल दर्ता गरी बधशाला समेत सञ्चालन गर्दै आएको उनले आफ्नो पसलबाहेक बनेपा र धुलिखेललगायतका अन्य पसललाई समेत मासु बिक्री गर्दै आइरहेको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *