ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुन्ः प्रधानमन्त्री देउवा

डिसी नेपाल
१४ असोज २०७८ २२:२८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन् । एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।

जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्पm सरकार अग्रसर रहेको उनले उल्लेख गरे । संयुक्त राष्ट्रसङ्घले दिवसका लागि यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ । यस अवस्थामा प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यक्रम सञ्चालन गर्दा ज्येष्ठ नागरिकलाई समेत प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै नागरिक स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता, सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने, हरेक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र अन्य स्वास्थ्य संस्थामा पनि ज्येष्ठ नागरिकका सुविधा र उपकरणको स्तरोन्नति गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरे ।

दिवसका अवसरमा उनले सामाजिक, सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रवद्र्धन गर्न सबै नेपाली नागरिकलाई आग्रह गर्दै उनले शुभकामना व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *