एमाले विधान महाधिवेशन : झोलाभित्र के छ ?

डिसी नेपाल
१५ असोज २०७८ १२:५०
212
Shares

काठमाडौं। एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई प्रवेशद्वार नजिकै झोला वितरण गरिरहेको छ । एमालेले दिएको झोलामा पार्टीको प्रस्तावित सांगठनिक, राजनीतिक र विधान मस्यौदा राखिएको छ।

कापी नदिएको झोलाभित्र एउटा डटपेन राखिएको छ भने झोलाभित्र स्यानिटाइजर, मास्कजस्ता कोभिड सुरक्षा मापदण्ड सम्बन्धी कुनै पनि सामग्री राखिएको छैन। एमालेले कोरोना संक्रमणलाई मध्यनजर गर्दै मास्क, स्यानिटाइजर र थर्मलगनको प्रयोग गर्ने भने पनि थर्मलगन कतै प्रयोग भएको छैन।

महाधिवेशन प्रवेशद्वारमा स्याइनिटाइजर र मास्क भने वितरण गरिएको छ । सूर्य चिह्न अंकित कपडाको झोला महाधिवेशन प्रतिनिधिले मात्र पाएका छन् । यति बेला कार्यकर्ताहरू खाना खाइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.