स्वास्थ्य सामग्री हस्तान्तरण

डिसी नेपाल
१६ असोज २०७८ २२:३०
24
Shares

काठमाडौं ।  दाताको सहयोगमा रसुवाको नौकुण्ड गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थालाई आज सामग्री हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण गरिएका सामग्रीमा अक्सिजन कन्सनटे«टर आठ, भोल्टेज रेगुलेटर आठ, अक्सिमिटर आठ थान र पिपि सेट १५ रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त चालिसे, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा, नौकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष धर्मबहादुर थोक्राको रोहवरमा नौकुण्ड गापामा सञ्चालित आठ वटा स्वास्थ्यलाई रसुवा ट्रेक एण्ड एक्पिडिसनका प्रबन्ध निर्देशक बलराम न्यौपाने (दुर्गानाथ)ले उक्त सामग्री हस्तान्तरण गरेका छन् ।

रसुवा ट्रेकको पहलमा अमेरिकन संस्था डाइरेक्ट रिलिफ एवं माउण्टेन हट नेपालले रू १६ लाख बराबरको सामग्री उपलब्ध गराएको जनाइएको छ । नौकुण्ड गाउँपालिका क्षेत्रमा तीन वटा स्वास्थ्य संस्था र पाँच वटा सामुदायिक स्वास्थ्य एकाइबाट करिव ३० जना स्वास्थ्यकर्मीले नौकुण्ड क्षेत्रमा बसोबास गर्ने १० हजारभन्दा बढी स्थानीय बासिन्दा माझ प्राथमिक उपचार सेवा प्रदान गरी रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *