एमालेमा अब १५ आयोग रहने, पदाधिकारी संख्या पनि घटाइयाे
काठमाडौं। एमालेमा अब १५ आयोग रहने भएको छ। एमालेको विधान महाधिवेशनले संशोधन गर्दै २१ बाट १५ मा झारेको हो। आयोगमा रहने पदाधिकारीको संख्या पनि घटाइएको छ । पहिले आयोगमा रहने पदाधिकारीको संख्या २१ थियो । तर, अब १५ जना मात्र रहनेछन्।
एमाले उपमहासचिव विष्णु पौडेलले आयोगमा अब अध्यक्ष, उपाध्यक्ष र सचिव १५ जना रहने जानकारी दिए । धेरै आयोग हुँदा कार्यसम्पादनमा असर परेको तथा खर्च पनि बढेकाले १५ वटामा झारिएको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment