पहिलो पटक हुन् लागेको भ्लग च्यालेन्जमा ११ जना युवा चुनिए

फुर्पा शेर्पा
१८ असोज २०७८ १०:३४

काठमाडौं। देश विदेशका गरी १० जना ख्यातीप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरु सगरमाथा आधार शिविरसम्म पदयात्रामा जाने भएका छन्। १० लाख नगद पुरस्कार र वल्र्ड भ्लग च्यालेन्जको टिकटसहितको नेपालको पहिलो भ्लग च्यालेन्जमा नेपाली ११ जना फाइनलिस्टहरु सलेक्ट भएका छन्।

उक्त फाइनलिस्टहरु लोकप्रिय चलचित्र निर्माता, निर्देशक तथा भ्लगरहरु निर्णायक मण्डलमा सदस्यहरु निश्चल बस्नेत, सिसन बानियाँ, मिलन थापा र रोहित शाक्यद्वारा छनौट भएका हुन्। देशभरका ८७ जना मध्य २७ जना भ्लगर्सहरु सेमिफाइनलमा पुग्न सक्षम भएका थिए।

फाइनलिस्टमा लोकप्रिय भ्लगर प्रज्वोल थापा मगर जोलीको रूपमा चिनिने भारतका सफल फिल्म निर्माता निशान भुजेलसहित ट्राभल भ्लगर नीशा राई, रोशन महर्जन, आयुष्मान घर्ती मगर, बिश्वास राई, आशुतोष बाराही, आत्मीया बराल, रायतीश गैन्जू, सुजन गौतम र समीर ताम्राकार गरी नेपाली ११ जना फाइनलिस्टहरु सलेक्ट भएका छन्।

फाइनलिस्ट मध्य एक युवा भ्लगर रोशन महर्जनका अनुसार यस्तो प्ल्याट्फोर्ममा आफू सेलेक्ट भएको मा निकै खुसी महशुस गरेको छु। देश विदेशका गरी १० जना ख्यातीप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरुसगँ नेपाल आउने कुराले पनि उनीहरुबाट सिक्ने मौका पाउँने विश्वास छ, त्यसमा पनि नेपाल भ्लग च्यालेन्जको विजेताले वल्र्ड भ्लग च्यालेन्जको टिकटसहित पाउँने छ। यस कुराले पनि मलाई यस च्यालेन्जको टप ११ मा सेलेक्ट भएकोले अझै हौसला मिलेको महर्जनले डिसी नेपाललाई बताए।

मर्हजनले भने, ‘यो भ्लग च्यालेन्जले इम्पोअर गर्ने छ हामी जस्ता क्रिएटरहरुलाई र अबका नयाँ क्रिएटरहरुलाई।’ भ्लग च्यालेन्जका अनुसार अष्ट्रेलिया, कोलम्बिया, मेक्सिको, नेपाल, फिलिपिन्स, थाइल्याण्ड र अमेरिकाका १० जना ख्यातीप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरु साहसिक पदयात्रामा जाने भएका हुन्।

ट्रेकिङ गर्न लागेका निर्माता तथा भ्लगर्सहरुका युट्बुमा २ करोडभन्दा बढी फलोअर्स छन् भने समग्र सामाजिक सञ्जालमा ३ करोडभन्दा बढी फलोअर्स छन्।

२५ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा र सन् २०१९ का ‘वर्ष शेर्पा’ पदक विजेता मिङ्मा शेर्पाका साथमा चलचित्र निर्माता तथा भ्लगर्सहरुको टोली सहासिक पदयात्रामा प्रस्थान गर्न लागेको हो। पदयात्रामा कामीरिता मुख्य प्रशिक्षक (हेड कोच) रहने छन् भने मिङ्माले टोलीको नेतृत्व गर्ने छन्।

उक्त पदयात्रामार्फत विश्वभरका चर्चित चलचित्र निर्माता तथा भ्लगर्सहरु हिमालयको आवाज बन्नुका साथै नेपालको सुन्दरता, यहाँका मानिस, खानपिन र संस्कृतिको प्रवर्द्धन गर्ने बताइएको छ। उक्त कार्यक्रम नेपालकै अग्रणी तथा सबैभन्दा ठूलो इभेन्ट म्यानेजमेन्ट कम्पनीहरुमध्ये एक, ‘पार्टी नेपाल’को आयोजनामा हुन लागेको हो। एलिट एक्सपेडले लोजिस्टिक व्यवस्थापन र नेपाल टेलिभिजन र नेपाल पर्वतारोहण संघले यसमा सहयोग गरेका छन्।

यसैबीच, पदयात्रामा सहभागी हुन तथा आउँदो विश्व भ्लग च्यालेन्जमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यले नेपालको सबैभन्दा ठूलो चलचित्र÷भ्लग प्रतिस्पर्धाको घोषणा पनि गरिँदैछ। उक्त प्रतिस्पर्धामा निश्चल बस्नेत, सिसन बानियाँ, मिलन थापा र रोहित शाक्यजस्ता लोकप्रिय चलचित्र निर्माता, निर्देशक तथा भ्लगरहरु निर्णायक मण्डलमा सदस्य रहने छन् ।

निर्णायक मण्डलबाट नेपालका सात प्रदेशबाट सात भ्लग फाइनालिष्ट हुनेछन, जसमध्ये पहिलो हुने भ्लगले १० लाख रुपैयाँको नगद पुरस्कार जित्नुका साथै ‘विश्व भ्लग प्रतिस्पर्धा’का लागि सहभागी हुने टिकट प्राप्त गर्नेछ । साथै, प्रतिस्पर्धामा भाग लिन इच्छुक चलचित्र निर्माता तथा भ्लगर्सहरुले आफ्ना भिडियोहरु नेपाल भ्लग च्यालेन्जको वेवसाइटमा पठाउन सक्नेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *