राजमार्गमा सडक मर्मतको काम सुरु

डिसी नेपाल
१८ असोज २०७८ १२:११

वाग्मती । आउदै गरेको दसैँलगायत चाडपर्वमा यात्रुलाई आवतजावतमा सहजता पु¥याउने उद्देश्यले तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भारको काम सुरु गरिएको छ।

मकवानपुर, बारा र पर्सामा सडक मर्मतसम्भारको काम सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए। बाराको धनसारदेखि पथलैयासम्म, मकवानपुरको हेटौँडा हुँदै लोथरसम्म र हेटौँडाको भैँसे हुँदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकका खाल्डाखुल्डी मर्मतसम्भारको काम अघि बढाइएको हो। सडक डिभिजन कार्यालय हेटौँडाको कार्य क्षेत्र मकवानपुर, बारा र पर्सा पर्दछ।

सङ्घीय सरकारको करिब रु एक करोडको लागतमा सडक मर्मतको काम सुरु गरिएको सो कार्यालयले जनाएको छ। आगामी १० दिनभित्र सडक मर्मतको काम सकिने योजना रहेको कार्यालयका इञ्जिनीयर लोमश उपाध्यायले जानकारी दिए। साथै कार्यालयले अन्य सडक र पुल निमार्ण तथा मर्मतको कामसमेत जारी राखेको जनाएको छ।

यसैबीच बारा र पर्सा गरी दुई जिल्लामा गत आव ०७७/०७८ मा आठ पक्की पुल निर्माण सम्पन्न भएका छन् । त्यसमध्ये बारामा चार र पर्सामा चार पुल निर्माण भएका हुन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *