आज काठमाडौंमा वर्षा हुने, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पानी पर्ने

डिसी नेपाल
२० असोज २०७८ ७:२९
92
Shares

काठमाडौं। आज बुधबार बिहान काठमाडौंको आकाशमा बदली छ। जसकारण घाम झुल्किन सकेको छैन।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनी वायु र स्थानीय वायुको प्रभावका कारण यस्तो भएको हो। दिउँसो उपत्यकाका केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए।

हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा वर्षाको आँकलन गरिएको छ। प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनीमा पनि वर्षा हुनसक्ने ठानिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *