प्रहरीले आफ्नो छविमा व्यापक सुधार गरेका छन्

डिसी नेपाल
२० असोज २०७८ १६:२२
32
Shares

काठमाडौं । प्रहरीले आफ्नो छविमा व्यापक सुधार गरेको वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बताएकी छिन्।

मुख्यमन्त्री शाक्यले भौतिक तथा प्राविधिकरुपमा सम्पन्न नभए पनि प्रहरीले आफ्नो काम र सेवालाई प्रभावकारी बनाएको बताइन् । प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाक्यले प्रहरीको व्यावसायिकता वृद्धि गर्न प्रदेश सरकार पूर्णरुपमा तयार रहेको धारणा राखिन्। उनले प्रहरीभित्र भएका बेथितिलाई न्यूनीकरण गर्दै प्रहरी सङ्गठन व्यावसायिक, मर्यादित तथा सबैको सहयोगी सङ्गठनको रुपमा विकास हुनुपर्नेमा जोड दिइन् ।

आन्तरिक मामिला तथा कनूनमन्त्री डा अजयक्रान्ति शाक्यले प्रदेश सरकारले नेपाल प्रहरीका लागि ४० भन्दा बढी भवन निर्माण गरिसकेको तथा सवारीसाधन उपलब्ध गराएको र चालू आर्थिक वर्षका लागि रु ४५ करोड बजेट विनियोजन गरेको जानकारी दिए । प्रदेश सरकारले प्रहरी ऐन जारी गरिसकेको अवस्थामा प्रहरी समायोजनको काम अगाडि बढाइनुपर्ने उनको धारणा थियो। प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाशजङ्ग कार्कीले प्रहरीको काम र सेवाको प्रभावकारिताबारे बोलेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *