न्युरोडका ५ पसललाई जरिवाना

डिसी नेपाल
२० असोज २०७८ १८:२०

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका पसलहरूमा अनुगमन गर्दा ५ पसल कारबाहीमा परेको छ ।

तीन वटा पसलहरूले दर्ता नै नगरिकन पसल सञ्चालन गरेको र दुई वटा पसलहरूमा भने मुख्य व्यपारी नै पसलमा नभएकोले विभागले कारबाही गरेको हो । दर्ता नगरिकन पसल सञ्चालन गरेकोलाई विभागले १५/२० हजार रुपैयाँका दरले जरिबाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले जानकारी दिए ।

उनले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरूमा भने मुख्य व्यपारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *