चाडपर्वले सामाजिक एकता कायम गरेको छ : मुख्यमन्त्री शाक्य – Dcnepal

चाडपर्वले सामाजिक एकता कायम गरेको छ : मुख्यमन्त्री शाक्य

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता कायम गरेको बताउएकि छिन् ।

विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठपर्वका अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पहिचान र परिचयलाई फराकिलो बनाउनुपर्ने बताइन् ।

कुनै पनि संस्कृति र संस्कारभित्र विभेद गर्न नहुने उनको भनाइ थियो । शाक्यले धनी र गरिबबीचको दूरी बढाउने गरी चाडपर्व मनाउन नहुने धारणा राखिन् । उनले समानताको सुरुआत घरबाट नै गर्नका लागि आग्रह गरिन । अहिलेको समयमा चाडपर्व धनीले मात्र मनाउने जस्तो बन्दै गएकाले सबैले मान्नसक्ने बनाउनुपर्नेमा उनको जोड थियो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेशका मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव, विभिन्न सरकारी कार्यालय तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो