पर्यटन प्रवर्द्धनमा पनौती नगरपालिका, यी हुन् गन्तव्य

डिसी नेपाल
२० असोज २०७८ २३:०२

काठमाडौं । काभ्रेको पनौती नगरपालिका उपत्यका नजिकको एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो । यो तथ्यलाई स्थापित गर्न र बढीभन्दा बढी पर्यटक तान्न नगरपालिकाले प्रचारप्रसार तथा प्रवर्द्धनको नीति लिएको छ ।

यसैक्रममा बुधबार नगरपालिकाले पर्यटन बोर्डमा ब्रोसर बिमोचन गर्‍यो । जसमा नगरपालिकाभित्र रहेका घुम्नैपर्ने स्थानबारे चर्चा गरिएको छ । नगरपालिकाभित्र पर्यटन चिनाउन पर्यटन व्यवसायी भेला गरेर ब्रोसर बिमोचन गरिएको नगरपालिकाका पर्यटन समिति संयोजक पुरुषोत्तम अधिकारीले बताए ।

नगरपालिकाका १२ वटा वडामा भएका पर्यटकीय गन्तव्यहरु, सम्भावनाहरु, विकासका लागि भएका पहलहरु, पनौतीको इतिहासलगायत धेरै कुराहरु ब्रोसरमा समेटिएको उनले बताए । ‘ऐतिहासिक, सांस्कृतिक, मौलिक विविधता, जैविक विविधता पनि समेटिएको छ । पनौतीको पर्यटन प्रवर्द्धनका लागि ब्रोसर बनाएका हौं,’ उनले भने, ‘ धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकियोस् भन्ने कन्सेप्ट हो ।’

पनौतीमा मनोरम हिमाल, पहाडहरु, फाँटहरु, होटल रेष्टुँरा, प्याराग्लाडिङ, रक क्लाइम्बिङलगायत रहेको कुरा ब्रोसरमा भनिएको छ । त्यसैगरी पनौती–नमोबुद्ध हाइकिङ, साँगा–पनौती हाइक, गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक, बर्ड वाचिङ, योग रिट्रट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्गको सुविधा पनि रहेको उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *