पाकिस्तानमा भूकम्पः २० को मृत्यु, दर्जनौं घाइते

डिसी नेपाल
२१ असोज २०७८ ८:४५

इस्लामावाद। पाकिस्तानमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा २० जनाको मृत्यु भएको छ। बिहीबार बिहान गएको सो भूकम्पमा २०० भन्दा बढी घाईते भएका छन् । ५ दशमलब ७ रेक्टर स्केलको सो भूकम्पका कारण बलोचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित छ।

भूकम्पपछि विद्युतीय आपूर्ति बन्द हुँदा सो प्रान्तका केही अस्पतालसमेत प्रभावित छन्। हार्नी सहरमा सडक भत्किएका छन, विद्युत आपूर्ति अबरुद्ध भएको छ र मोवाईलको नेर्टवर्किङमा समस्या देखिएको छ।

भूकम्पछि घर तथा छाना भत्किदा मानिसहरु फसेका थिए। भुकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केका थिए। भूकम्पमा अहिलेसम्म २० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,’ बलोचिस्तानका गृहमन्त्री मिर जीया उल्लाहले भने। मृत्यु हुनेमा एक महिला र ६ बालबालिका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *