पहिरोमा घर पुरिँदा वृद्धाको मृत्यु

डिसी नेपाल
३१ साउन २०८३ ९:११

रोल्पा। रोल्पाको लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ।

निरन्तर भइरहेको वर्षासँगै आज बिहान खसेको पहिरोले स्थानीय ७२ वर्षीया अम्मी गुरुङको घर पुरेको हो। पहिरोमा पुरिएर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार वर्षाका कारण बिहान अचानक पहिरो खसेर घर पुरिएको थियो। पहिरोमा परी गुरुङको मृत्यु भएको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

लगातारको वर्षाका कारण रोल्पाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ। प्रहरीले पहिरोको जोखिम रहेका क्षेत्रमा सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न स्थानीयवासीलाई आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *