उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई साहित्यतर्फको नोबेल पुरस्कार

डिसी नेपाल
२२ असोज २०७८ ७:२०

काठमाडौं। यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नाहले प्राप्त गरेका छन्। खाडी मुलुकका शरणार्थीको जीवन र भाग्यबारे कलम चलाउने गुर्नाहबिना कुनै सम्झौता उपनिवेशवादको चित्रण गर्ने भएकाले उनलाई नोबेल पुरस्कार दिने निर्णय भएको हो।

तान्जिनियामा सन १९४८ मा जन्मिएका गुर्नाहले हालसम्म लेखेका १० उपन्यासहरूमा शरणार्थीहरूको अनुभव समेट्ने गरेका छन्। सन १९९४ मा उनको प्याराडाइज उपन्यासले उनलाई सफल उपन्यासकारको रूपमा उभ्याएको थियो । जसमा उनले २०औँ शताब्दीमा तान्जिनियामा हुर्किएका बालकको कथा लेखेका थिए।

गुर्नाहको साहित्यमा महाद्विप र त्यहाँको संस्कृतिको अन्तराल उजागर हुने भएकोले उनलाई पुस्कार दिने निर्णय गरिएको नोबेल कमिटीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *