कतारी राजकुमारी थानीद्वारा धौलागिरि हिमालको सफल आरोहण
काठमाडौं । कतारी राजकुमारी शेखा आस्मा अल थानीले नेपालको मनास्लु हिमाल सफल आरोहणपछि धौलागिरि हिमाल आरोहण गरेकी छन्। धौलागिरि हिमालको सफल आरोहण पनि थानी आज (शुक्रबार) काठमाडौं आइपुगेकी छिन्।
उनले हिजाे (बिहीबार) धौलागिरि हिमाल आरोहण गरेकी हुन्। कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पाले राजकुमारी थानीले (बिहीबार) बिहान ११ बजेर ४५ मिनेटमा धौलागिरि आरोहण गरेको जानकारी दिइन्।
यसअघि थानीले अक्टोबर २७ तारिख सोमबार बिहान साढे १० बजे बिना अक्सिजन मनास्लु हिमालको चुचुरोमा सफलतापूर्वक पाइला टेकेकी थिइन्। उनी विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित मनास्लु हिमाल चढ्न लागेकी हुन्।
उनले दक्षिण अमेरिकाको ६ हजार ९ सय ६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको ५ हजार ८ सय ९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६ सय ४२ मिटर अग्लो माउन्ट एल्ब्रस चढिसकेकी छन् ।
यसअघि सन् २०२१ को वसन्तमा सगरमाथा आरोहणमा आएकी उनी बेस क्याम्पसम्म पुगेकी थिइन्। तर, त्यसबेला मौसममा आएको खराबीका कारण आरोहण जोखिमपूर्ण र असुरक्षित भएकाले आरोहण अभियान रद्ध भएको थियो।
मौसमको खराबीले सगरमाथा चढ्न नसकेकी उनले त्यसबेला भनेकी थिइन्, ‘यो वर्ष मेरो लागि चुनौतीपूर्ण रह्यो। मैले विगत वर्षदेखिको सपना विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने योजना बनाएकी थिएँ तर हुन सकेन।’
No ads found for this position


Facebook Comment