प्रेस स्वतन्त्रताका पक्षमा सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री कार्की

डिसी नेपाल
२२ असोज २०७८ २१:४७
40
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गर्दै मन्त्रालयको वार्षिक प्रगति समीक्षा प्रकाशन गर्ने निणर्य डिजिटल हस्ताक्षरमार्फत सदर गरेका छन्।

सो अवसरमा उनले स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्ने बताउँदै वर्तमान सरकारले प्रेस स्वतन्त्रताको उच्च सम्मान गर्ने र सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरे । मन्त्री कार्कीले जनताको सर्वोच्चता स्थापित गर्ने र सूचनालाई सबैको हकका रुपमा स्थापित गर्ने जनाउँदै सञ्चार मन्त्रालयलाई केबल दैनिक काम गर्ने मन्त्रालयका रूपमा नभएर अहिलेको समयको चुनौतीलाई अवसरको रूपमा परिणत गर्ने मन्त्रालयका रूपमा परिवर्तन गर्ने बताए ।

सो अवसरमा मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले मन्त्रीसमक्ष मन्त्रालयको काम र जिम्मेबारीबारे जानकारी गराएका थियो ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *