साहित्‍यकार झमक घिमिरे निवासमा चोरी

डिसी नेपाल
२७ असोज २०७८ १७:३४

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित साहित्यकार झमक घिमिरेको निवासमा चोरी भएको छ ।

बुधबार बिहान अन्दाजी २ बजेपछि साहित्यकार घिमिरे निवासमा घरको सबै ताला फोडी चोरी भएको झमक घिमिरे साहित्य कला प्रतिष्ठानकी उपाध्यक्ष अनिता लामाले जानकारी दिइन्।

उपाध्यक्ष लामाका अनुसार यसअघि पनि घिमिरे निवासमा चोरी, डकैतीको प्रयास भएको र प्रहरी प्रशासनको सहयोगबाट मात्रै झमक सपरिवारलाई सुरक्षित गर्न सकिएको थियो । सुरक्षाको कारण अत्यन्तै चिन्तित भएपछि झमक परिवार गत १८ गते धनकुटास्थित घर गएका छन् ।

चोरले झमकको कपडा, चाँदीका गरगहना र केही भाँडाकुँडा चोरेको लामाले बताइन् । घट्नबारे प्रहरीले मुचुल्का उठाएर अनुसन्धान गरिरहेको उनले बताइन् । यो स्थानमा यो हप्ता मात्रै छिमेकीका घरहरूमा धेरै पटक हतियार देखाई लुटपाट र डकैत भएको थियो ।

लुटपाट र डकैत हुने गरेकाले यहाँका स्थानियले रातको समयमा गस्ती समेत गर्ने गरेका छन् । धेरैपटक उपभोक्ताहरूले प्रहरी प्रशासन समक्ष शान्तिसुरक्षाको लागि प्रहरी बिट, सामुदायिक प्रहरी बिट राख्न अनुरोध गरेपनि सम्बन्धित निकायको ध्यान नगएको स्थानियको गुनासो छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *