जुम्लामा होटल सञ्चालकको शव भेटियो, हत्याको आशंका
जुम्ला । जुम्लामा होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाहीको बिहीबार बिहान शव फेला परेको छ।
जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यू होटल सञ्चालन गर्दै आएका उनको होटेलकै बरण्डामा शव फेला परेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
उनकाअनुसार होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएकाले हत्याको आशंका गरिएको छ।
अहिले प्रराम्भिक अनुसन्धान भइरहेको जनाकारी दिएका थापाले भने, ‘प्रहरीको अनुसन्धानले कुनै न कुनै टुङ्गोमा पुग्ने अपेक्षा गरिएको छ।’
शाहीले करिब दुई वर्षदेखि जुम्लामा होटल व्यवसाय गर्दै आएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment