आज विजया दशमी : टीका थाप्ने साइत बिहान १०ः०२ बजे

डिसी नेपाल
२९ असोज २०७८ ६:१५
180
Shares

काठमाडौं। नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो। आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ।

विजया अर्थात अपराजिता देवीको पूजाआराधना गर्दै बाजागाजाकासाथ देवीलाई विसर्जन गरिन्छ। महानवमीसम्म पूजा गरीएकी देवीको आज विधिवत रुपमा विसर्जन गरिन्छ। विसर्जन पूर्व नवरात्रभर पूजा गरिएका नौ देवीको पनि आज पूजा गरिन्छ। देवी विसर्जन गर्ने उत्तम साइत आज बिहान ८ः१९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

घरमा देवीको आह्वान गरेको दशौंदिन विजया देवीको पूजा गरिने र नौदिनसम्म उपासना गरिएको देवीको प्रसादलाई टीका र जमराको रुपमा लगाइने भएकाले आजको दिनलाई विजया दशमी भनिएको हो।

शुम्भ र निशुम्भ नाम गरेका राक्षसलाई देवताहरूको आग्रहमा यिनै देवीले बध गरेको कथा मार्कण्डेय पुराणमा उल्लेख छ। पुराणका अनुसार यसैदिन महिषासुर र शुम्भमाथि विजय प्राप्त गरिएको थियो । त्यस्तै भगवान रामले पनि विजया देवीको आराधना गरी दशमीकै दिन राक्षसराज रावणलाई मार्न लंका प्रस्थान गरेका थिए।

देवी विसर्जन गरेपछि घटस्थापना गरेको घडाको जलले अभिषेक गर्ने र देवीको प्रसादलाई अन्य देवता तथा आ–आफ्ना कुलदेवतालाई चढाई मान्यजनबाट टीका जमरा लगाइन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *