राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट दसैँको टीका ग्रहण
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट दसैँको टीका ग्रहाण गरेकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमा राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट विजया दशमीको टीका र जमरा ग्रहण गरेकी हुन्।

यस्तै शुक्रबार बिहान राष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि र टीका ग्रहण गरेकी छन्।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment