भक्तपुरको एकान्त कुमारी जात्रा सम्पन्न

डिसी नेपाल
२९ असोज २०७८ १५:०४
72
Shares

भक्तपुर । विजयादशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने जीवित देवीको रुपमा पूजा गरिने एकान्त कुमारीको पूजा बडादशैँको दशमीका दिन ब्रह्मायणी शक्तिपीठमा पूजा गरिन्छ। पूजा सकिएपछि सुजमारीमा भक्तजनहरुलाई दर्शनका लागि राखेर विधिवत रुपमा कुमारी घर पु¥याएर जात्रा सम्पन्न गर्ने गरिन्छ।

बडादशैँको दिन तलेजुको आगमघरमा कुमारीलाई लगेर चारवेद पाठसहित पूजा गरिन्छ। पूजाअघि तिबुक्छेमा रहेको कुमारी घर र चतुब्र्रह्मा महाविहारमा गणेश, भैरवलगायत १२ कुमारीसँगै पूजा गरिने तलेजुका पुजारी नरेन्द्रप्रसाद जोशीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *