२४ घण्टामा २ सय बढी संक्रमित थपिए

डिसी नेपाल
२९ असोज २०७८ १७:५६

काठमाडौं । गत २४ घण्टामा थप दुई सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार सात सय १२ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु फेला परेका हुन्।

पिसीआर विधिबाट गरिएकामध्येमा दुई सय ४० जना र एन्टिजेन विधिबाट परीक्षण गरिएकामा ३२ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

यही अवधिमा ७ सय ७७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना सङ्क्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। । नेपालमा पछिल्लो सयम ज्यान गुमाएका ८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २७७ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *