युवा पत्रकार शाहीको कुवेतमा देहान्त

डिसी नेपाल
२९ असोज २०७८ १९:०३

काठमाडौं । युवा पत्रकार एवं समाजसेवी माधव शाहीको अल्पआयुमै दुःखद निधन भएको छ। दशैंको नवमीका दिन अकस्मात उनको निधन भएको हो।

डिसी नेपालका पूर्व कुवेत सम्वाददाता र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतका वर्तमान उपाध्यक्ष, दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार, पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सदस्य, सामाजिक अभियान्तासमेत रहेका शाहीको हृदयघातका कारण कुवेतमै देहान्त भएको उनको परिवारले जानकारी दिएको छ।

नेपाल घर प्यूठान जिल्ला ऐरावती गाउपालिका वडा नं ४, हर्नाघाट भएका शाहीका ९ वर्षीय र ३ वर्षीय २ छोरी छन् । उनी विगत लामो समयदेखि रोजगारीको सिलसिलामा कुवेतको सालिमिया शहर बसोवास गर्दै आएका थिए। १४ आक्टोबर राति शाहीलाई एक्कासि हृदयघात भएपछि तत्काल उपचारका लागि मेट्रो अस्पतालमा लगिएको थियो तर मेट्रो अस्पतालमा उपचार सम्भव नहुँदा मुबारक अल कबीर जबरेया अस्पतालमा रेफर गरिएको थियो।

तर, उपचारकै क्रममा उनको मृत्यु भयो। उनको शव नेपाल पु¥याउन डिसी नेपाल सहयात्री मनोज थापासहित विभिन्न संघ संस्थाहरूले नेपाली दूतावास कुवेतसँग समन्वय गरिरहेका छन्।

डिसीनेपालका सम्वाददाता रही शाहीले कुवेतमा रहेका नेपालीहरूको हकहित समस्याहरूलाई केन्द्रित गरी डिसीनेपालमार्फÞत समस्या समाधानमा आफ्नो महत्वपूर्ण योगदान दिएका थिए। उनी खाडीमा रहेका नेपालीहरूका समस्याहरू नेपाल सरकारसम्म पु¥याउने उद्देश्यले स्थापना गरिएको डिसीनेपाल गल्फ मिडियाका संस्थापकसमेत रहेका थिए।

उनले डिसीनेपाल र यसमार्फत नेपाली समुदायलाई दिएको योगदान अविस्मरणीय रहने छ। सम्पूर्ण डिसी नेपाल परिवार यस दुखद घड़ीमा शाहीको परिवारजनप्रति समवेदना प्रकट गर्दछ साथै उनको आत्माको बैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *