एनआरएनए महासचिव डा. शर्मालाई कोरोना संक्रमण
लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्मालाई कोरोना संक्रमण भएको छ। बेलायतको लिभरपुल युर्निभरसिटीमा बरिष्ठ प्राध्यापकको रुपमा कार्यरत डा. शर्मालाई बिहिवार कोरोना पोजेटिभ देखिएको हो।
कोरोना भाइरस बिरुद्धको दुई डोज खोप लिएका शर्मालाई टाउको तथा ज्यान दुःख्ने र ज्वरो लक्षण देखिएका छन्। उनको अन्यः स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। डा. शर्मा गैरआवासीय नेपाली संघभित्र रातदिन खटिएर संस्थाको लागि काम गर्ने मुख्य पदाधिकारीको रुपमा परिचित छन्।
उनले संघको १० औं महाधिवेशनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन्। बेलायतमा अहिले पनि दैनिक ४० हजार भन्दा बढीका कोरोना संक्रमण देखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment