प्रदेश १ मा काेराेनाकाे सङ्क्रमण न्यून

डिसी नेपाल
३० असोज २०७८ १८:४०

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। हिजो २१ जनामा सङ्क्रण देखिएको थियो।

प्रदेशमा आजै ५९ महिलासहित १३० जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन्। कोरोनाका कारण सो अवधिमा मोरङ, सुनसरी, झापा र इलामका एक÷एक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशमा हालसम्ममा ७०६ महिलासहित दुई हजार ८८ जनाको मृत्यु भइसकेको छ।

सोही अवधिमा २६ जनाको पिसीआर परीक्षण गर्दा झापाको मेचीनगर र मोरङको केराबारीमा एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा पीसीआर परीक्षणबाट एक लाख पाँच हजार ६६१ र एन्टिजेन परीक्षणबाट ४३ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ। प्रदेशमा हालसम्म पिसीआर र एन्टिजेन दुबै गरी छ लाख २२ हजार ९८८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *