प्रदेश नं १ मा १०३ जनामा कोरोना सङ्क्रमण
विराटनगर । लगातार कोरोना सङ्क्रमण दर घटिरहेको अवस्थामा प्रदेश नं १ मा आज पुनः १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ।
मोरङमा ५५, झापामा १९, सुनसरीमा १५, इलाममा सात, उदयपुरमा पाँच र प्रदेश बाहिरका दुई जना गरी सो सङ्ख्यामा कारोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशमा आजै ३५ महिलासहित १०६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा एक महिलासहित चार जनाको मृत्यु भएको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment