मोहन बैद्यले कल्पना गरेका राजा सिंहानुक जस्तै हुन् त पूर्व राजा ज्ञानेन्द्र ?

विजयप्रसाद मिश्र
१ कार्तिक २०७८ २०:०९

काठमाडाैं । नेपालमा संसदीय व्यवस्थाको धेरै टिकाटिप्पणी हुनथालेपछि राजसंस्थाको पक्षमा विभिन्न कोणबाट व्याख्या विश्लेषण हुन थालेको छ । पछिल्लो समय स्वयं पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था विनाको प्रजातन्त्र र प्रजातन्त्र विनाको राजसंस्था नेपालमा सफल हुन सक्दैन भनेका छन्। माओवादीका नेता रहिसकेका मोहन वैद्यले टेलिभिजनको एक अन्तर्वार्तामा ‘यो व्यवस्था त रहँदैन के राजा ज्ञानेन्द्र सिंहानुक बन्न तयार छन् ?’ भनेका छन् ।

बैद्यले राजा संस्थाको प्रतीकको रुपमा रहेको श्रीपेचको बारेमा नयाँ कोणबाट बहस गर्न सकिन्छ भनेका छन् । उता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुच्छेले समेत राजसंस्थाको विभिन्न सन्दर्भ मिलाएर अहिलेका नेताहरुसंग तुलना गर्ने क्रममा राजसंस्था नै बरु ठीक भन्ने आशयले अभिव्यक्ति दिइरहेका छन्। यस्तो अवस्थामा विशेष गरेर मोहन बैद्यले प्रस्ताव गरेको कम्बोडियाका राजाजस्तो भनेको कस्तो भनेर आम नागरिकमा चाँसो बढेको छ । के सिंहानुक र पूर्वराजा ज्ञानेन्द्रबीच ‘केमेष्टि’ मिल्छ त ?

त्यही कम्वोडियाका राजा सिंहानुकको प्रसंग मोहन बैद्यले निकाले पछि यसको व्याख्या विश्लेषण सुक्ष्म रुपमा हुन थालेको छ।

हुन त कम्बोडियासंग नेपालको सम्बन्ध नविकरण गर्नका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाँदा स्वर्गीय राजा नरोडोम सिंहानुकको स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाले शिर निहुराएका थिए । कम्बोडियाका राजाको जन्मदिनका अवसरमा थुप्रै देशका सरकार प्रमुख र राष्ट्रप्रमुखलाई निम्त्याएको थियो ।

तर, नेपालबाहेक अरु देशबाट उच्चस्तरीय सहभागिता भएनन्। कम्बोडियाले त्यहाँका राजाका जन्मोत्सवका अवसरमा नेपालका गणतन्त्रवादी प्रधानमन्त्रीलाई समेत भ्रमण गराउन सफल भएको थियो।

त्यही कम्वोडियाका राजा सिंहानुकको प्रसंग मोहन बैद्यले निकाले पछि यसको व्याख्या विश्लेषण सुक्ष्म रुपमा हुन थालेको छ। नेपालको कम्बोडियासँग सन् १९६० को दशकदेखि नै दौत्य सम्वन्ध भएपनि उच्चस्तरीय भ्रमण पहिलो नै प्रधानमन्त्री केपी ओलीको थियो।

कम्बोडिया र नेपालबीच हवाई यातायात, कुटनीतिज्ञ र सरकारी राहदानी बाहकहरुलाई भिसा छुट तथा नेपालमा दूतावास खोल्नेसम्वन्धी एमओयू पहिले नै भइसकेका थिए भने ओली गएको अवसर पारेर थप दुई सम्झौतामा हस्ताक्षर भएको थियो। पहिलो व्यापार र लगानी सम्वन्धी फ्रेमवर्क एग्रिमेन्ट र दोस्रो दुई देशका चेम्बर अफ कमर्सबीच द्विपक्षीय साझेदारी सम्बन्धि एमओयु थिए।

कम्बोडियाको भ्रमणको अवसरमा ओलीले ‘कम्बोडियाको अनुभवलाई नेपालले आफ्नो आर्थिक विकासमा मोडलको रुपमा उपयोग गर्नेछ,’ भनेका थिए जसलाई सो देशको सञ्चार माध्यममा छापिएको थियो । यी घटना हेर्दा नेपालमा कम्बोडिया जस्तो राजतन्त्र राख्न के गर्नुपर्दछ भनेर अवलोकन गर्नकै लागि तत्कालिन प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिएकी भन्ने अनुमान लगाउन सकिन्छ।

कम्बोडियामा कम्युनिष्ट र राजा मिलेर राष्ट्रियताका लागि एक भएर लडेका उदाहरण दिएर नेपालका धेरैजसो कम्युनिष्टहरु सिंहानुकको उदाहरण दिएर पूर्व राजा ज्ञानेन्द्रलाई लोभ्याउन खोजी रहेका छन् । जबजब कम्युनिष्टहरु सत्ताबाट बाहिर जान्छन् तबतब उनीहरुले राजासंस्थालाई संझना गर्ने गरेका छन् । मोहन बैद्यको पछिल्लो अभिव्यक्ति पनि त्यस्तै त्यस्तै हो ।

तर जसरी राजसंस्थाका पक्षधरहरुले मोहन बैद्यले राजाको पक्षमा बोले भनेर खुशीले गद्गद् भएको अनुभुति व्यक्त गरिरहेका छन् बास्तविकतामा त्यो होइन । सिंहानुकको ऐतिहासिक पक्षलाई शुक्ष्मरुपमा बुझेपछि राजसंस्थाबादीहरु समेत झस्किन सक्दछन् । त्यसैले यहाँ कम्बोडियाको राजा सिंहानुकको बारेमा केही ऐतिहासिक जानकारी दिने प्रयास गरिएको छ।

सन् १९५३ मा स्वतन्त्र भएको कम्बोडिया ८ दशकभन्दा बढी फ्रान्सको उपनिवेशमा रहेको थियो । स्वतन्त्र भएपछि नरोडोम सिंहानुकले धेरैपटक प्रधानमन्त्रीको रुपमा र दुईपटक राजाको रुपमा शासन गरेका थिए । तपाईहरुलाई त्यही व्यक्ति राजा पनि र त्यही व्यक्ति प्रधानमन्त्री पनि कसरी भए भन्ने लाग्न सक्छ । तर नेपालमै राजा ज्ञानेन्द्रले केही बेला मन्त्रीपरिषदको अध्यक्ष भएर पनि सत्ता चलाएका थिए र केही समय राष्ट्रप्रमुख भएर संबैधानिक राजतन्त्रको व्यवस्थामा बसेका थिए । बाल्यकालको राजा भएको कुरालाई अहिले अपबादकै रुपमा राखौं।

सिंहानुक सन् १९४१ देखि १९५५ र सन् १९९३ देखि २००४ सम्म गरी दुईपटक क्याम्बोडियाका राजा बनेका थिए । त्यसैगरी नेपालका पूर्व राजा ज्ञानेन्द्र समेत तीन पटकसम्म राजा हुने योग छ भन्नेहरुले सिंहानुकको दुई पटकको हेर्दा उस्तै उस्तै घटना मिलेजस्तो देख्नु स्वभाविक हो । मोहन बैद्यले पनि त्यही कल्पना त गरेनन्?

नेपालका राजा ज्ञानेन्द्र र उनका परिवारका सदस्यहरुलाई कुनै न कुनै रुपमा राष्ट्रप्रमुख राजाको रुपमा ल्याउन खोजिएमा सिंहानुक र उनका परिवारका सदस्यहरुको जस्तै इतिहास नेपालमा दोहोरिन सक्दछ।

सिंहानुकले सार्वभौम राजकुमार, राष्ट्रपति र प्रधानमन्त्रीसहित निर्वाचित क्याम्बोडियाली सरकारको विभिन्न पद पाएको देखिन्छ । सन् १९७५ देखि १९७६ सम्म सिंहानुकले खमेर रुजको शासनका बेला कठपुतली तथा आलंकारिक ‘राज्यप्रमुख’को जिम्मेवारीसमेत पाएका थिए । उनको पदहरुको अवस्था गणना गरेरै होला ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ले उनलाई सबैभन्दा धेरै राजनीतिक ओहदा सम्हाल्ने व्यक्तिको नाममा दर्ज गरेको छ।

नेपालका राजा ज्ञानेन्द्र र उनका परिवारका सदस्यहरुलाई कुनै न कुनै रुपमा राष्ट्रप्रमुख राजाको रुपमा ल्याउन खोजिएमा सिंहानुक र उनका परिवारका सदस्यहरुको जस्तै इतिहास नेपालमा दोहोरिन सक्दछ।

हुन त राजा सिंहानुकले सन् १९५३ मा फ्रान्सबाट क्याम्बोडिया स्वतन्त्र भएदेखि सन् १९७० मा प्रधानमन्त्री जनरल लोन नोलले उनलाई अपदस्त नगरेसम्म क्याम्बोडियामा एकछत्र राज गरेका थिए। राजा भएर पनि उनले कम्युनिष्टहरु संग मिलेर मुलुकलाई स्वाधीन बनाउन संघर्ष गरेका थिए। सिंहानुकले दोस्रो विश्वयुद्धको समाप्तिपछि कम्बोडियामा राष्ट्रवादी आन्दोलनको नेतृत्व गर्दै फ्रान्सको उपनिवेशबाट मुलुकलाई मुक्त गरेका थिए । जसरी राजा त्रीभुवनले राणा शासनको विरुद्धको आन्दोलनको अगुवाई गरेका थिए।

सिंहानुक आन्दोलनकै क्रममा फ्रान्स आफूविरुद्ध आइलाग्ने देखेपछि सुरक्षाका कारण थाइल्यान्डमा शरण परेका थिए । क्याम्बोडिया स्वतन्त्र भएपछि उनी स्वदेश फर्किए । जसरी नेपालमा राजा त्रीभुवन २००७ सालको क्रान्ति सफल भएपछि भारतबाट नेपाल फर्किएका थिए।

राजा सिंहानुकले सन् १९५५ को संसदीय निर्वाचनमा भारी बहुमत ल्याई विजयी भएर प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हाले । तर के नेपालमा राजा ज्ञानेन्द्रलाई पनि परेको बेला चुनाव पनि लड्नु होस भन्ने खोजेका हुन कि बैद्यले भन्ने पनि देखिन्छ।
पाँचबर्ष पछि सन् १९६० मा भएको निर्वाचनबाट उनी क्याम्बोडियाको राष्ट्रप्रमुख पदमा विजयी भएका थिए। पहिलो चुनावमा प्रधानमन्त्री भएका दोस्रो चुनावमा राष्ट्रप्रमुख भए । तर, उनलाई राजाको नभई राजकुमारको हैसियत दिए। सत्ता आफ्नै हातमा भएपछि कम्बोडियाको संविधानलाई सन् १९६३ मा संशोधन गरी सिंहानुकले आफूलाई क्याम्बोडियाको आजीवन राष्ट्रप्रमुख घोषणा गरे । औपचारिक रूपमा राजा त भएनन् तर उनले संवैधानिक कार्यालय खोलेर आफूलाई राजाकै हैसियतमा लगे।

चीनसँगको सम्बन्धलाई शासन सञ्चालनको मुख्य आधार बनाएका सिंहानुकले चीनमा सांस्कृतिक क्रान्ति जारी रहेका बेला चीनसँगको सम्बन्धलाई सन्तुलन र स्वस्थ राख्न सकेनन् । चीनसँग उनको सम्बन्ध बिग्रिएको बेला मुलुकभित्र समेत उनले वापपन्थीमाथि चरम दमनको नीति लिएका थिए।

सिंहानुक विदेश भ्रमणमा रहेका बेला क्याम्बोडियाली प्रधानमन्त्री लोन नोलले शासन हत्याई आपतकालीन अधिकार आफ्नो हातमा लिए । सिंहानुकले नोलको शासन पतनका चीन पुगेर खमेर रुज (क्याम्बोडियाको कम्युनिस्ट पार्टी)लाई सहयोग गरे । खमेर रुजसँग राजा मिलेपछि उत्साहित क्याम्बोडियाले राज्यविरोधी विद्रोहमा सक्रिय सहभागिता जनाए । राजा सिंहानुकको सहयोगकै कारणले सन् १९७५ मा खमेर गणतन्त्र पतन भएपछि खमेर रुज सत्तामा पुगेको थियो । नयाँ सत्ताधारी खमेर रुजले सिंहानुकलाई क्याम्बोडियाको आलंकारिक राष्ट्रप्रमुख बनाए।

तत्कालिन कम्युनिस्ट नेता पोलपोटले मुलुकको मुख्य कार्यकारी अधिकार आफूले लिए हातमा लिए । तर, सन् १९७६ मा खमेर रुजले सिंहानुकलाई अपदस्थ ग¥यो । त्यससपछि सिंहानुकले चीन र उत्तर कोरियामा शरण लिए । साच्चिकै भन्नु पर्दा सिंहानुक न घरको न घाटको जस्तै भएको अवस्था थियो । नेपालका राजालाई त्यस्तो त भएको छैन । राजा ज्ञानेन्द्र देश भित्रै बसे र धार्मिक र सामाजिक गतिविधिमा संलग्न भइराखे । बरु अहिले राजनीतिक रंग ल्याउन खोज्दैछन्।

सन् १९७८ मा भियतनामले क्याम्बोडियामा आक्रमण गरी खमेर रुज शासन अन्त्य गरायो । यहाँको सत्ता हटाउन विदेशको सहयोग लिएको प्रष्ट छ । त्यस्तै नेपालमा पनि राणा शासन हटाउन होस या राजसंस्था हटाउन भारतको सहयोग लिएको सन्दर्भ यहाँ तुलना योग्य नै छ । जहासम्म सिंहानुकले खमेर रुज शासन पतनको स्वागत गरे पनि क्याम्बोडियामा गठन भएको भियतनामको कठपुतली सरकारलाई स्वीकार गरेका थिएनन्।

जसरी नेपालमा राजा बीरेन्द्रको बंश नाश भएपछि पनि नेपालकै कुनै समितिले राजाका लागि ज्ञानेन्द्र शाहलाई सिफारिस गरेका थिए। राज ज्ञानेन्द्रको राज्य रोहन त भयो तर राज्य भिषेक हुन सकेन।सिंहानुक पछि सिंहामुनी राजा भएजस्तै ज्ञानेन्द्र पछि पारसको साटो हृदयन्द्र राजा हुने चर्चा नेपालमा पनि चलाइएको छ।

सन् १९८० र ९० को दशकमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नयाँ विदेश नीति अनुसार क्याम्बोडियामा भियतनाम र सोभियत संघको प्रभाव कम गर्न चाहन्थ्यो । त्यसका लागि अमेरिकाले सिंहानुक र उनको दस्तालाई आर्थिक तथा सैन्य सहयोग गरेको थियो।
अमेरिकी सहयोगका कारणले क्याम्बोडियाली संकट समाधान हुने छाँटकाँट नदेखिए पनि सन् १९९१ मा क्याम्बोडियाली राजनीतिका सरोकारवालाबीच बृहत् समझदारी बन्यो । यसबाट १३ वर्षे निर्वासित जीवन बिताएका सिंहानुकलाई स्वदेश फर्किने अवसर जुट्यो।

सन् १९९३ मा सिंहानुक पुनः क्याम्बोडियाको राजा भएका थिए । कम्बोडियामा अमेरिकाको सहयोगले अन्तिमा सिंहानुक राजा भएका थिए भने यता नेपालमा पनि कतै अमेरिकाको सहयोगले राज ज्ञानेन्द्र स्थापित हुनु पर्दछ भन्न खोजिएको त हैन ? यसमा मोहन बैद्य स्पष्ट हुनु आवश्यक छ । किनकी सिंहानुकलाई अमेरिकाले गरेको सहयोग त इतिहासमा दर्ज भइसकेको छ । के राजा ज्ञानेन्द्रलाई पनि अमेरिकाले नै सहयोग गरेर राजाको रुपमा स्थापित गरिदिओस भन्ने चाहना हो या यसतर्फ बैद्यले सोच्नु भएको छैन?

यसरी सिंहानुक राजा भएकै बेला सन् २००४ मा स्वनिर्वासनमा उत्तर कोरिया र त्यसपछि चीन पुगेका थिए । कमजोर स्वास्थ्य कारण देखाउँदै सिंहानुकले राजमुकुट त्यागेपछि उनका छोरा नरोद्दम सिंहामुनी कम्बोडियाका राजा बनेका हुन् । उनी १४ अक्टोबर २००४ मा त्यहाँका राजा भएका थिए भने २९ अक्टोबरमा उनको राज्यभिषेक भएको हो । अहिले उनै त्यहाँका राजा छन् । तर उनलाई राजा प्रधानमन्त्रीको नेतृत्वमा रहेको एउटा समितिले बनाएको थियो।

जसरी नेपालमा राजा बीरेन्द्रको बंश नाश भएपछि पनि नेपालकै कुनै समितिले राजाका लागि ज्ञानेन्द्र शाहलाई सिफारिस गरेका थिए। राज ज्ञानेन्द्रको राज्य रोहन त भयो तर राज्य भिषेक हुन सकेन।सिंहानुक पछि सिंहामुनी राजा भएजस्तै ज्ञानेन्द्र पछि पारसको साटो हृदयन्द्र राजा हुने चर्चा नेपालमा पनि चलाइएको छ। यस्तो हुनका लागि राजा छनौट गर्ने अधिकार मंत्रिपरिदलाई नै दिने हुन कि भन्ने पनि देखिन्छ।

३३ बर्षको उमेरमा प्रधानमन्त्री बनेका बहालबाला प्रधानमन्त्री हुन सेनले ३६ वर्षदेखि अनवरत शासन गरिरहेका छन् । पछिल्लो पटक उनले गराएको निर्वाचनले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । प्रमुख विपक्षी दललाई अदालतमार्फत विघटन गराएर हुन सेनले चुनाव घोषणा गरेका थिए ।यसरी हेर्दा अदालतलाई प्रभाव पार्दा समेत राजा टुलुटुलु हेरेर बस्नु परेको थियो । नेपालमा पनि प्रधानमन्त्री बन्नेहरुले अदालतलाई प्रभाव पार्ने गरेको यदाकदा सुनिन्छ। कम्बोडियामा अदालत मार्फत प्रमुख विपक्षी दल विघटन भएपछि चुनावमा उनलाई चुनौती दिने कोही भएनन् र सहज जित हासिल गरेका थिए।

नेपालमा अहिले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले संबैधानिक आधारको बैद्यता गुमाइसकेको प्रसंग चल्दैछ । कतै ५ बर्ष छ महिना भित्र नयाँ पदाधिकारी चयन गर्न नसकेको आरोप लगाएर कसैले सर्बोच्च अदालतमा मुद्धा हालेर अदालतले तीनै दललाई खारेज गरिदियो भने नयाँ नयाँ सत्ता समिकरण नेपालमा पनि बन्न सक्ने स्थिति देखिन्छ । तर, यी सबै कुराहरुको तुलना गरिरहँदा राजा ज्ञानेन्द्रको स्वभाव र गतिविधिलाई हेर्दा कम्बोडियाको राजाजस्तै भएर बस्न चाहलान भन्ने कुरामा शंक ागर्न सकिन्छ । त्यसैले कुन आधारमा मोहन बैद्यले भने र के अधारमा राजावादीहरुले त्यसलाई प्रचारप्रसार गरेर मोहन बैद्यलाई नै नेता मानुला जस्तै गरेर अघि बढी रहेका छन् ? यो बुझ्न गाह्रो छ।

कम्बोडिया स्वतन्त्र भएको ४० बर्ष पछि सन् १९९३ संविधानसभाले संविधान जारी गरेको थियो । नयाँ संविधानले राजालाई राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई सरकार प्रमुखका रुपमा स्वीकार गरेको थियो । कार्यकारी अधिकारहरु प्रधानमन्त्रीमा केन्द्रित थियो । राजाको भूमिका सेरेमोनियल राजाको रुपमा मात्रै थियो । अहिले राजा ज्ञानेन्द्रले राजतन्त्र विनाको प्रजातन्त्र र प्रजातन्त्र विनाको राजतन्त्र नेपालको माटो सुहाउँदो हुदैन भनेजस्तो कम्बोडियाको संविधानसभाले जारी गरेको संविधानले पनि राजा ज्ञानेन्द्रकै अहिलेको बचनलाई त्यसबखत अंगिकार गरेको देखिन्छ।

आखिर कम्युनिष्ट नेताहरु अहिले एकपछि अर्कोले राजाको पक्षमा बोल्न थाल्नुलाई पहिले पनि उनीहरुको घाँटी राजासंग जोडिएको थियो भन्ने अनुमान गर्न सकिन्छ । राष्ट्रियताको मामलामा राजा र मेरो घाँटी जोडिएको छ भनेर बीपी कोइरालाले त भनेका नै थिए तर अन्य बामपन्थी नेताहरुले पनि यो कुरा मन भित्र भित्रै राखेका रहेछन् भन्ने कुरा विस्तारै सार्वजनिक हुँदैछ।

अन्य राजतन्त्रतात्मक मुलुकको भन्दा कम्बोडियाको शासन प्रणालीमा केही फरक देखिन्थ्यो । त्यहाँ राजाको छोरा नै राजा हुने अनिवार्यता अहिले पनि छैन । राजाले सन्यास लिएपछि या राजाको मृत्युपछि प्रधानमन्त्रीको अध्यक्षतामा रहने रोयल काउन्सिलले नयाँ राजाको चयन गर्ने नियम बनाइएको छ । तर नयाँ राजा राजपरिवारको सदस्य वा नातेदार हुन सक्ने व्यवस्था गरिएको छ । नेपालमा पनि पारस राजा होलाकी भन्ने पीर भएकाहरुलाई कम्बोडियामा जस्तै जनमूखी व्यक्ति वा राजाका विशेषताहरु अनुशरण गरेर देश हाक्न सक्ने राजाको बंशजमध्येकै कसैलाई राजा बनाउन सकिने प्रावधान नेपालमा पनि राख्नु पर्दछ भन्ने तर्क मोहन बैद्यको हुन सक्छ । तर नेपालको राजपरिवारले कम्बोडियाको यो प्रणालीलाई आत्मसाथ गर्ला त?

हुन त नेपालको अन्तरिक संविधान, २०६३ मा राजाको छोरा वा छोरी जोसुकै पनि राजाको उत्तराधिकारी हुन सक्ने प्रावधान राखेको थियो । सरसरती हेर्दा कम्बोडियाको जस्तो राजसंस्थाको व्यवस्था अन्तरिक संविधान, २०६३ ले गर्न चाहेको थियो । तर नयाँ संविधान बन्नेबेलामा भारतको कुटनीतिक कर्मचारीहरुको दवावमा सबै नेताहरु पछि हटेका थिए जसले गणतन्त्रलाई स्वीकार गर्न उनीहरु बाध्य भएका थिए भन्न सकिन्छ।

आखिर कम्युनिष्ट नेताहरु अहिले एकपछि अर्कोले राजाको पक्षमा बोल्न थाल्नुलाई पहिले पनि उनीहरुको घाँटी राजासंग जोडिएको थियो भन्ने अनुमान गर्न सकिन्छ । राष्ट्रियताको मामलामा राजा र मेरो घाँटी जोडिएको छ भनेर बीपी कोइरालाले त भनेका नै थिए तर अन्य बामपन्थी नेताहरुले पनि यो कुरा मन भित्र भित्रै राखेका रहेछन् भन्ने कुरा विस्तारै सार्वजनिक हुँदैछ।

जे होस मोहन बैद्यले प्रस्ताव गरेको सिंहानुकको जस्तो राजा मान्नका लागि नेपालका हिन्दुधर्मका पक्षधरहरु तयार छैनन् नै । तर पनि किन बैद्यको भनाईलाई प्रमुखता दिएका हुन भन्ने बुझ्न सकिएको छैन । कित अध्ययन विना राजाको पक्षमा बोले भनेर बैद्यको भनाईलाई देवत्वकरण गर्न खोजिएको हो कित राजसंस्था फर्काउन चाहनेहरु अत्तालिएर योजना विना नै हौसिएर अग्रसर भएका हुन। जसले जे भन्यो उसैको पक्षमा कुदेर हिड्नु भन्दा राजसंस्था फर्काउने फ्रेम वर्क के हो ? त्यसमा पहिले एक्किन नगरी विचारहरुमा खिचातानी गरेर हिडदा राजसंस्था नै नराम्रो गरी विवादमा फस्न सक्ने देखिएको छ । यसबाट पूर्व राजा ज्ञानेन्द्र र उनको परिवार सचेत हुन आवश्यक छ । दुबै राजा सिंहानुक र ज्ञानेन्द्रबीच कुनै कोणबाट पनि ‘केमेष्ट्रि’ मिल्ने देखिदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *