बेवारिस शवको सनाखत

डिसी नेपाल
२ कार्तिक २०७८ ६:३४

उदयपुर । उदयपुरको कटारी नगरपालिका– २ माझिटोलस्थित कमला खोलामा भेटिएको शवको सनाखत भएको छ। तीन दिनअघि कटारी नगरपालिका– २ माझिटोलस्थित कमला खोलामा भेटिएको शव कटारी नगरपालिका– १० गिजिङटारका ४५ वर्षिय गुमानसिंह खड्काको रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

तीन दिनअघि कटारी नगरपालिका– २ माझिटोलस्थित कमला खोलामा भेटिएको खड्काले लगाएको कालो सेतो धर्का भएको फुल सर्ट, कालो सेतो भएको हापेन्ट कपडाको आधारमा उनका भाई डिकबहादुर खड्काले सोमबार परिचान गरेका हुन्।

खड्काको शव सनाखतपछि कटारी अस्पतालमा पोष्टमार्डम गरि परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *