एक सातापछि संचालनमा दूरसञ्चार सेवा

डिसी नेपाल
६ कार्तिक २०७८ १६:०६

काठमाडौं । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध भएको दूरसञ्चार सेवा एक सातापछि संचालनमा आएको छ । ताप्लेजुङमा अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्याण्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा शुक्रबारदेखि संचालनमा आएको हो ।

सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूरसञ्चार सेवा अवरुद्ध बनेको थियो । आइतबारदेखि बुधबार साँझसम्म अविरल पानी परेकाले अप्टिकल फाइबरमा समस्या आएका कारण दूरसञ्चार सेवा अवरुद्ध बनेको थियो । अविरल वर्षापछि पानी जमेका कारण इटहरी र विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबर मर्मत गरिएपछि सेवा सुरु भएको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्राविधिक दिपेन खवासले बताए ।

नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका क्षेत्रमा वितरित एक हजार १०० बढी ल्याण्डलाइन टेलिफोन, मोवाइल सेवा,इन्टरनेट सेवा प्रायः ठप्प भएको थियो । इन्टरनेट नचल्दा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा प्रवाहमा अवरोध सिर्जना भएको छ । इन्टरनेट नचलेकाले तीन दिनदेखि बैङ्किङ सेवा अवरुद्ध हुँदा जिल्लामा आर्थिक कारोबार ठप्प बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *