कुकुरको टोकाईबाट खोटाङमा एकै दिन १५ जना घाइते

डिसी नेपाल
६ कार्तिक २०७८ २०:१२

काठमाडौं । कुकुरको टोकाईबाट खोटाङमा एकै दिन १५ जनालाई बेवारिसे कुकुरले टोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा शनिबार १५ जनालाई बेवारिसे कुकुरले टोकेको हो ।

कुकुरको टोकाईबाट घाइते भएकामध्ये दुई जनालाई शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा। बैभव मल्लिकले बताए । अन्य १३ जना भने हप्ता दिनभित्र तीन डोजको एन्टीरेविज खोप लगाउनेगरी पहिलो खोप लगाएर फर्किएका छन् ।

‘ग्रेड थ्री’ अर्थात कुकुरको टोकाईबाट गहिरो घाउ लागेका कारण दुई जनालाई भ्याक्सिन दिएर अन्यत्र रेफर गरिएको हो । एकै दिन १५ जनालाई कुकुरले टोकेपछि साविकको सदरमुकाम दिक्तेलबजारमा कुकुर आतंक फैलिएको छ ।

कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुददै टोक्दै गरेको प्रत्यक्षदर्शीले बताएका छन् । डाक्टरकाअनुसार ‘ग्रेड थ्री’मा पर्ने घाइतेको घाउ वरपरको भाइरस नष्ट गर्नका लागि अर्को थरीको भ्याक्सिन हाल्नुपर्ने हुन्छ । जसका लागि धरान वा काठमाडौं पुग्नुपर्ने हुन्छ ।

जिल्लाका लागि रेविजविरुद्धको मासिक दुई सय भाइल खोप आउने गरेको छ । पछिल्लो समय दैनिक दुईरतीन जना कुकुरले टोकेका घाइते उपचारमा आउने गरेको जिल्ला अस्पतालले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *