म र मेरो टिमको मात्र नभएर देशकै गौरव बढ्ने काम गरेको छु : रमिला नेम्कुल

फुर्पा शेर्पा
७ कार्तिक २०७८ १०:२३

कासाकी सञ्चालक रमिला नेम्कुल फेशन डिजाइनरको रुपमा चिनिन्छिन्। लामो समयदेखि फेशन डिजाइनरका रुपमा कार्यरत नेम्कुलले विश्वको सबैभन्दा अग्लो स्थानमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ सम्पन्न गरि दुई पटक गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएकी छन् ।

फेशन डिजाइनरको लक्ष्यका साथ अगाडि बढेकी नेम्कुलले कासामार्फत काम गरिरहेका छन्। तिनै नेम्कुलसँग फेशन डिजाइनिङमा लाग्नुको कारण र विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ गर्नुको उद्देश्य लगायतका विषयमा डिसी नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीको संपादित अंशः

 विश्वको अग्लो स्थानमा फेशन शो गरी दुई पटक गिनिज वर्ल्ड रेकर्ड राख्न सफल हुनु भयो कस्तो महसुस गरिराख्नु भएको छ?

गिनिज वल्र्ड रेकड चाहीँ हाम्रो बाइ प्रोडक्ट् जस्तै हो । हाम्रो फोकस फेशनसँग सम्बन्धित थियो तर काम गर्दा गर्दै गिनिज वल्र्ड रेकर्डमा पर्यो । यो हाम्रो लागि नै गर्वको कुरा हो । म र मेरो टिममात्र नभएर देशकै गौरभ बढ्ने काम भएको छ ।

 पहिलो पटक गिनिज वल्र्ड रेकर्ड राख्न पाउँदा र दोस्राे पटक पनि गिनिज वल्र्ड रेकर्ड राख्न पाउँदा के फरक पाउनु भयो?

पहिलो पटक गिनिज वल्र्ड रेकर्ड राखिसकेपछि दोस्रो पटक पनि रेकर्ड राख्न सफल हुन्छु भन्ने नै लागेको थियो। मनमा आशा थियो र त्यसमा हामी सफल पनि भयौं । आशाले नै गरेर हामीले उचाइ बढाउँदै जाने काम बढ्यो ।

 यो वर्ष पहिलाको उचाई भन्दा माथि फेशन रनवे गर्नु भयो, के कस्ता चुनौतीहरु भोग्नु भयो ?

पहिले भन्दा यो समयमा एकदमै सजिलो हुन्छ भन्ने सोचेका थियौं । किनकी पहिले त जनवरी थियो । त्यसबेला मौसम पनि धेरै चिसो थियो तरपनि सोचेको भन्दा फरक नै भयो । यो पटक अझै पनि अप्ठ्यारो भयो । किनभने ५५ सय मिटर माथि चड्नका लागि अन्तिम दुई तीनको ट्रेक चाहीँ धेरै नै गाह्रो थियो ।

हामीलाई भन्दा पनि अन्तर्राष्ट्रिय मोडेलहरु थिए । र, अरु कोही पनि पदयात्रीहरु थिएनन्, त्यही कारणले गरेर अलि भढी नै चुनौतीहरु भोग्नु पर्यो। ५५ सय मिटर माथि पुग्दा त्यहाँ बस्ने ठाउँ थिएन । तर, त्यो ठाउँमा हामी बसिरहेका थियौं ।

बेस क्याम्पबाट फेसन शो गरेको ठाउँसम्म पुग्न ३ घण्टा लाग्थ्यो । फेसन सो मौसम अनुसार गर्नु पर्ने भएकाले बिहान हेलिकप्टरबाट सामान आउनेदेखि लिएर हाम्रो दर्शकहरु पुग्नुपर्ने थियो । त्यसको लागि बिहान ३ बजे उठेर ट्रेक्स सुरु गरेर त्यहाँसम्म अध्यारोमा एकदमै सचेत भएर चढ्नु पथ्र्यो । त्यसैले त्यो क्षण कहिल्यै कसैले पनि बिर्सिदैन होला ।

 फेशन शो गर्ने क्रममा के कस्ता चुनौतीहरु भोग्नु भयो ?

हाम्रो टिमको एउटा भिजन भनेको हामी एकदमै ठुलो आशा लिएर हिडेका थियौं । भिजनका साथ जादैँ गर्दा मोडलहरुलाई गाह्रो भएको थियो । एक जना त बिचमै प्यानिक अट्याक आएर अब चाँहि म सक्दिन भन्ने अवस्था समेत आएको थियो । तर पनि हामीले उनलाई सम्झाइ बुझाइ कसरी हुन्छ एक जनाले झोला बोक्दिने, पानी खुवाउने र समातेर लाने कार्यमा सहयोग गर्यौ ।

माथि जाने क्रममा दुई तीन जना मोडेलहरुलाई एक्दमै गाह्रो भएको थियो । कति जना त हामीसँग रिसाएका पनि थिए । यस्तो ठाउँमा ल्याउने भन्ने कुराहरु पनि उठ्यो । तर माथि पुगिसकेपछि देखिएका दृश्यबाट भने सबै खुशी भए । कतिजना त त्यहाँको दृश्यहरु देखेपछि अझ माथि जान पनि तयार भएका थिए ।

 यस पटकको रनवेका लागि कति ओटा माडेलहरु, कुन देशका मोडेलहरु ल्याउनु भएको थियो ?

१३ जना अन्तर्राष्ट्रिय मोडेलहरु थिए र नेपालबाट १ जना मोडेल थिए । लन्डन, पोल्याण्ड, जर्मनी, इटाली लगायतका १० वटा देशबाट ल्याएका थियौं ।

 पहिलो पटक रनवे गर्दा र दोस्रो पटक गर्दा केही फरक पाउनु भयो ?

यो फेशन रनवेको मुख्य उद्देश्य भनेको हामीले आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय रुपमा पर्मोसन गर्ने थियो र त्यही भएर अन्तर्राष्ट्रिय मोडेलहरु ल्याएर गरेका हौं । त्यसमाथि उनीहरुको माध्यमबाट सगरमाथामै गएर गर्दा धेरै नै फरक भएको हो । पहिलो पटक रनवे गर्दा अनुभव थिएन ।

त्यसमाथि मैले पहिलो पटक जीवनमा टे«क गरेको थिए । टिम सदस्यहरु पनि त्यस्तो कोही पनि ट्रेकर थिएनन् । त्यो बेला हाम्रो एक्स्पेक्टेशन् एक्दमै फरक थियो, सबै जना उत्साहित थियौं । त्यो बेलाको अनुभव र यस पटकको अनुभव फरक थियो । र, पूरै बुझेर गर्दा झन् गाह्रो हुने रहेछ।

 माउण्ट एभरेष्ट फेशन रनवे गर्नुको मुख्य उद्देश्य अर्थात कारण चाहीँ के थियो ?

सगरमाथा आफैमा विश्व प्रख्यात नै छ । विश्वकै सर्वोच्च शिखर सगरमाथामै गएर केही गर्न सकिन्छ कि भन्ने सोच लिएर गरेका हौं । हिमाल आरोहणका लागि त धेरै मानिसहरु नेपाल आउँछन् तर फेशन शो गरी पर्यटकका लागि अझ बढी प्रचारप्रसार गर्ने सोच हाम्रो हो । फेशन पर्यटक अर्थात हामीले पनि यस प्रकारले पर्यटकहरुलाई नेपाल भित्र्याउन सक्छौँ भने कुरालाई जोड दिइराखेका छौं ।

 सगरमाथाको नजिकमा गएर बुद्धिष्ट फेशन लाइन फोकस गरेर फेशन रनवेको रुपमा प्रजेन्ट गर्नु भयो, किन बूडस्ट लाइन फोकस गर्नु भयो ?

हाम्रो फोकस भनेको एउटा दिगो फेशनमा छ । दिगो भनेको अहिले विश्वकै एउटा आवश्यक बनेको छ । अहिलेको क्लाइमिट चेन्जदेखि लिएर प्रदूषणका कुराहरु उठिरहेको छ । यो चिजमा नेपाली चाहीँ अलि अगाडि छ अर्थात् हामीसँग धेरै कुराहरु जैविक छन् ।

हामीसँग ओरजिनल कपडाहरुमा पस्मिनाहरु बाइओडगे्रडबल छन्, जसले विश्वलाई हानी गर्दैन । तर, अन्तर्राष्ट्रियस्तरमा लानका लागि एउटा माध्यम फेशन लाइन हो ।

नेपालको अर्को परिचित भनेको बुद्ध हो, बूडस्ट भने बित्तिकै धार्मिक रुप मात्र नभएर पे्ररणा पनि हो । जस्तोः शान्ति, सद्भाव मानवता, माया यी चिजको पे्ररणा मात्र हो । त्यसैले हामीले अहिंसा सिल्क प्रयोग गरेका छौं । रेशम किरा नमारीकन सिल्क निकाल्ने गर्छौ । हामीले कुनै पनि हिंसा नगरिकिन अर्थात् किरा नमारिकनै सिल्क निकाल्न सक्छौं भन्ने कुरालाई फोकस दिएर गरेका हौं । त्यही भएर बुद्धिष्ट फेशन लाइन त्यसमा जोडिएको हो ।

 तपाई कसरी फशेन लाइनमा लाग्नु भयो ?

म बच्चादेखि फेशन डिजाइनीङ नै बन्छु भने थिएन् । नयाँनयाँ कपडाहरु बनाउन, सिलाउन रुचि राख्ने गर्थे । तर प्रफेशनल लागेको चाहीँ १८ वर्ष भयो । यो अवधिमा मैले दुई ओटा ब्रान्ड पनि स्थापना गरेको छु । पहिलो काव्य थियो अहिले पनि चलिरहेको छ, त्यस पछि फेरि थप अध्ययनका लागि ११ वर्ष विदेश पनि गए ।

मैले २२ वटा देशहरु घुमिसकेको छु, तर म धेरै समय बसेको भनेको फिनल्याण्डमा हो । त्यहाँ मैले डिजाइनको कोस पनि गरे, अन्ट्रप्रनुरसिप, अन्तर्राष्ट्रिय बिज्निस पनि पढे् र बिज्निस पनि गरेर आए । त्यसपछि नेपाल आएर यो सब गरिराखेको छु।

म १२ वर्षको हुँदादेखि रुची सुरु भयो तर त्यतिबेला डिजाइनिङ भन्ने नै थिएन । पहिला यो पेसालाई सबैले दर्जी भन्ने गर्थे । र, मेरो परिवारलगायत सबैले लुगा सिलाउने काम नगर भन्ने पनि गर्नुहुन्थ्यो । तर मेरो भित्री इच्छालाई प्रोफेशनल रुपमा ल्यानुपर्छ भन्ने लाग्थ्यो र सोही अनुसार अहिले यो स्थानमा छु ।

 अबको योजना के छ ?

नेपालको हेरिटिज साइटहरुको पर्मोशन हुनुपर्छ भन्ने मेरो सोचाई हो । हेरिटिज साइटमा फेशन सो गरुम भनेर मैले पहिलो पटक फेशन सो गरेको थिए, पाटन म्यूजियममा । त्यसबेला मलाई सबैले तिमी संग्रहालय भित्र पनि फेशन सो गर्ने भनेर अचम्म मान्नुभयो ।

फेशन सो भन्नासाथ मिनी स्कर्ट लगाएर हिड्ने मात्र होइन् भनेर त्यसबेला मैले पूरै फोटोहरु देखाएर अनुमति लिए र गर्न सफल भए । त्यसबाट मेरो प्रेरणा हौसला बढ्दै गएको हो ।

अब मेरो मुख्य मनसाय भनेको कसरी मान्छेलाई स्टाइलिस्ट भनेको फेशन मात्र नभएर फेशनबाट कसरी आरामदायी भइन्छ भन्ने पनि हो । साथै, नेपाली फेशन डिजाइनमा अलि बढी दिगो उत्पादनमा ध्यान दियो भने, अन्तर्राष्ट्रिय बजारमा माग बढेर जान्छ ।

नेपालमा उपलब्ध चिजलाई फोकस गर्न सक्यो भने अरु देशको उत्पादनमा निर्भर हुनु पर्दैन भन्ने उद्देश्यका साथ नेपाली उत्पादनका सामाग्रीहरुलाई फेशन शोमार्फत प्रमोट गर्ने काम गर्दै जान्छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *