वरिष्ठतम् न्यायाधीशहरूको बैठक जारी

डिसी नेपाल
७ कार्तिक २०७८ १६:४४
164
Shares

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशहरूको बैठक जारी छ । केही समयअघि सर्वोच्च अदालतमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेक अन्य वरिष्ठतम् न्यायाधीशहरू सहभागी छन् ।

बैठकमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, बमकुमार श्रेष्ठलगायतका न्यायाधीशहरू छन् । प्रधानन्यायाधीश जबराले सोमबार बोलाएको फुलकोर्टका विषयमा छलफल गर्न सर्वोच्च अदालतका उपलब्ध न्यायाधीशहरूको बैठक बसेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.