पूर्वमन्त्री ढकालले र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच शिष्टाचार भेट

डिसी नेपाल
८ कार्तिक २०७८ १०:०३
4
Shares

काठमाडाैं। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले एक हप्ते कम्बोडियाको मैत्रीपुर्ण भ्रमण गरेका छन्। विश्व शिखर सम्मेलनको बिशेष दूतसमेत रहेका ढकालले कम्बोडियामा रहँदा प्रधानमन्त्री हुन सेनसँग उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।

भेटमा क्षेत्रीय शान्ति, सुरक्षा र विकासको विषयमा छलफल भएको भ्रमण दलका सदस्य तथा ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले बताए। अध्यक्ष ढकालले कम्बोडियाली संसदकी उपाध्यक्ष खॊन सुदारी तथा सांसदहरुसँग पनि छलफल गरेका थिए।

पूर्व मन्त्री ढकालले बेल्टी अन्तराष्ट्रिय विश्वविद्यालयमा आयोजित बिशेष स्वागत कार्यक्रममा समेत सहभागी भई मन्तब्य राखेकाे स्वकीय सचिव श्रेष्ठले जानकारी दिए। ढकालले कोभिड महामारी पछिको विश्वलाई सामान्य परिस्थितिमा यथासिघ्र फर्काउन राष्ट्रहरुबीचकाे बहुपक्षीय सहयोगको अभिबृद्धिमा जोड दिँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *