थप ७७६ जनामा सङ्क्रमण पुष्टि, १३ जनाको मृत्यु

डिसी नेपाल
८ कार्तिक २०७८ १६:४३

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ८ हजार २८४ जनामा पीसीआर परीक्षण गरिएकोमा ६७३ जनामा र २ हजार ५८० जनामा एन्टीजेन परीक्षण गरिएकोमा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना मुक्त भएका छन्। यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर १० हजार ३६० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *