धानबाली क्षति अध्ययन गर्न गृहसचिवको संयोजकत्वमा कार्यदल गठन

डिसी नेपाल
८ कार्तिक २०७८ १८:५२

काठमाडौं । बेमौसमी वर्षासँगै आएको बाढी र डुबानबाट धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ ।

सोमबार बसेको मनित्रपरिषद्को बैठकले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान् प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरु सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । कार्यदलले तीन दिनभित्र सरकारलाई प्रतिवेदन पेश गर्नुपर्नेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *