एमाले पालिका अधिवेशन : पोखरामा पृथ्वीसुब्बा र खगराज निकटबीच प्रतिस्पर्धा

डिसी नेपाल
९ कार्तिक २०७८ ७:४६
1.7k
Shares

पोखरा। नेकपा एमालेले कास्कीकाे पोखरा महानगरपालिकासहित जिल्लाका पाँचवटै पालिकामा सर्वसहमतिमै नेतृत्व टुंग्याउन प्रयास थालेकाे छ। एमालेले आज मंगलबार देशभर पालिका अधिवेशन गर्दैछ।

‘सर्वसम्मत नेतृत्व चयन भए सबैभन्दा बढी प्रजातान्त्रिक हुनछहो । मतदान नै गर्नुपर्छ भन्ने छैन,’ एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘सबै जना सर्वसम्मतको पक्षमा हुनुहुन्छ ।’

पोखरा, रुपा र मादीमा पूरानै अनुहार दोहोरिने सम्भावना छ। पोखरामा हाल दीपक पौडेल अध्यक्ष छन् भने रुपामा सहबक्स मियाँ र मादीमा बालकृष्ण गुरुङ छन्। तीनै जनाले अध्यक्षमा दावी गरेका छन्।

यद्यपि, पोखरामा तेजनारायण अधिकारी र दिलीप न्यौपानेले पनि दाबी गरेका छन्। अधिकारीले भने, ‘सर्वसम्मत अध्यक्ष बन्छु भनेर नै महानगरको प्रतिनिधि बनेको हुँ । अबको अध्यक्ष म नै हो ।’ अधिकारी र पौडेल पृथ्वीसुब्बा गुरुङ निकट छन् भने न्यौपाने खगराज अधिकारी निकटका हुन् ।

रुपामा मियाँलाई नै सर्वसम्मत रुपमा नेतृत्व हस्तान्तरण गर्ने तयारी छ । ‘उहाँले छोड्नुभयो भने मात्रै अरु विकल्प खोज्ने हो । उहाँले इच्छा देखाए यो कार्यकाल सर्वसम्मत रुपमा उहाँले नै पाउनुहुन्छ,’ एक नेताले भने, ‘गण्डकीमा मुस्लिम समुदायबाट अध्यक्ष बन्ने उहाँ मात्रै हो । त्यसैले यो एमालेका लागि पनि गौरवको विषय हो ।’ रुपामा मुस्लिम समुदायकाे बाहुल्य छ । यहाँ एमाले विभाजनको बेला एकीकृत समाजवादी रोजेर पनि पछि फर्किएका वडा नम्बर ५ का वडा सदस्य दामोदर घिमिरेले पनि अध्यक्षमा दावी गरेका छन् ।

मादीमा वर्तमान अध्यक्ष बालकृष्ण गुरुङ दोहोरिने सम्भावना छ । तर, वडा नम्बर ७ का वडाअध्यक्ष पसबहादुर बास्तोला र अर्का नेता हरिबाेल गौतमले पनि दाबी गरेका छन् । देखिएका ३ वटा नाम मध्येमा एउटालाई सर्वसम्मत रुपमा चयनकाे प्रयास भइरहेकाे छ ।

अन्नपूर्ण गाउँपालिकामा वर्तमान उपाध्यक्ष सगुन गुरुङले अध्यक्षमा दाबी गरेकी छन् । ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ तथा नेता सुरेन्द्र गुरुङ, सोम पौडेल, विवेक देवकोटा, गौरी सुवेदी लगायतले पनि आकांक्षा देखाएका छन् । ‘म भुगोलमै राजनीति गर्छु । जिल्ला र प्रदेशमा जानु छैन,’ गुरुङले भनिन्, ‘अरु ठाउँ महिलाले नेतृत्व दाबी गरेनन् भन्नेहरु यहाँ महिलालाई नै पछि पार्न सर्वसम्मतको कुरा गर्छन् । सर्वसम्मत नै गरेपनि महिलाले नेतृत्व गर्दा के विग्रिन्छ ?’

माछापुच्छ्रेमा विक्रम गुरुङ रमहेश्वर दवाडीले आकाँक्षा देखाएका छन् । उनीहरुले आफ्नो प्यानलबाट सचिवको उम्मेदवार समेत घोषणा गरेका छन् । विक्रमको प्यानमा दुर्गाबहादुर क्षेत्री सचिव छन् भने दवाडीको प्यानलमा कमल भुजेल छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.