प्रधानन्यायाधीश संकटमा परेपछि सर्वोच्चमा हाजिर भए विदा बसेका दुई न्यायाधीश
काठमाडौं। सर्वोच्च अदालतका दुई न्यायाधीश काममा फर्किएका छन्। दशैंतिहार विदामा रहेका न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदी विदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन्।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले चुडाल र सुवेदी अदालत हाजिर भएको बताए। उनकाअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र असन्तुष्ट न्यायाधीशको बैठकमा दुबै न्यायाधीश सहभागी भएका थिए। न्यायालयमा संकट गहिरिँदै गएपछि विदा बसेका चुडाल र सुवेदी फर्केका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment