थप ६७२ जनामा सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

डिसी नेपाल
१० कार्तिक २०७८ १६:४५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५८२ र एन्टिजेन परीक्षणबाट ९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारी जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ४९० जना कोरोना मुक्त भएका छन्। यसैगरी, पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर १० हजार ३७५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *