मुख्यन्यायाधिवक्ता खनालको राजिनामा स्वीकृत

डिसी नेपाल
१० कार्तिक २०७८ २२:०२

काठमाडौँ ।कर्णाली प्रदेश सरकारका मुख्य कानूनी सल्लाहकार एवं मुख्यन्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज नेपालको संविधान, २०७२ को धारा १६० को उपधारा ४ (क) बमोजिम खनालको राजिनामा स्वीकृत गरेका हुन् ।

दैलेख निवासी अधिवक्ता खनाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ चैत ६ गते मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ मा प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारका रुपमा नियुक्त मुख्यन्यायाधिवक्ताले मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष राजिनामा दिनुपर्ने उल्लेख छ । खनालले कात्तिक १ गतेदेखि लागू हुने गरी पदबाट दिएको राजिनामा आज स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *