बैतडीमा दुई जना बेपत्ता

डिसी नेपाल
१० कार्तिक २०७८ २२:४३

काठमाडौँ ।बैतडी शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् ।

डुंगामा १० जना सवार रहेकामा दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । “कामको शिलशिलामा भारत जाने नेपालीलाई तार्ने क्रममा डुंगा पल्टिएको बुझिएको छु” उनले भने ।

प्रहरीका अनुसार आठ जना पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन् । बेपत्ता हुनेहरूको पहिचान खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको निरीक्षक खड्काले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *