मझगाउँ विमानस्थल दुई वर्षभित्रै सञ्चालनमा ल्याउँछौँः मन्त्री आलेमगर
काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने बताउका छन् ।
आज महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल क्षेत्रको अवलोकनका क्रममा उनले विमानस्थलको धावनमार्गको क्षेत्रफल बढाएर भए पनि विमानस्थल सञ्चालन गरिने बताए । “विमानस्थलसँग ७० बिघा जग्गा रहेको छ”, उाले भने, “दक्षिणतर्फको ५०० मिटर जग्गा अधिग्रहण गरी विमानस्थल विस्तार गर्छौं ।”
बन्द विमानस्थल सञ्चालन गर्नका लागि रु ५३ करोड ६० लाख बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उाले बोलपत्र आह्वान (टेण्डर)को कार्य पूरा भएको बताए। “बोलपत्र आह्वान भइसकेको छ”, उनले भने “काठमाडौँ फर्केलगत्तै सम्झौता गर्छौं । काम सुरु हुन्छ ।” उनले कैलालीको गेटा विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनका लागि समेत कार्य अगाडि बढाइएको बताए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment