रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

डिसी नेपाल
८ साउन २०८३ १६:१३

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि रौतहटमा सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा दुर्व्यवहार भएको छ।

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद पौडेलमाथि गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकिएपछि कालोमसी प्रहार गरिएको हो।

सांसद पौडेलका अनुसार बिहीबार राति करिब ८:०० देखि ८:१५ बजेको समयमा कार्यक्रम सम्पन्न गरी फर्किने तयारी गर्दा यो घटना घटेको हो। मास्क लगाएका दुई–तीन जनाको समूहले पछाडिबाट नजिकिएर अँगालो हालेजस्तो गरी ढाडमा कालोमसी छ्यापेर भागेको उनले बताए।

घटनामा संलग्न व्यक्तिहरूले रातो झण्डा र पर्चा बोकेको तथा आफूहरू ‘मधेश मुक्ति अभियान’सँग सम्बन्धित रहेको संकेत दिएको उनको दाबी छ। कार्यक्रममा सहभागी स्थानीय तथा समर्थकहरूले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरे पनि अँध्यारोको मौका छोपी ती व्यक्तिहरू फरार भएका थिए।

घटनालगत्तै स्थानीय प्रहरीलाई खबर गरी हाल अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रहरीको प्रारम्भिक छानबिन र अनुसन्धानबाट ‘फगु’ भनिने एक व्यक्तिको यस घटनामा संलग्नता रहेको हुन सक्ने आशंका गरिएको सांसद पौडेलले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *