सिद्धार्थनगरमा घनश्याम भुसालका स्वकीय सचिव पराजित

डिसी नेपाल
११ कार्तिक २०७८ ७:५३
512
Shares

बुटवल। एमाले उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने सिद्धार्थनगर नगरपालिकामा एमालेको प्रथम नगर अधिवेशनबाट अर्का उपमहासचिव विष्णु पौडेल निकट चक्रबहादुर थापा विजयी भएका छन्।

उपमहासचिवद्वय निकटका नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उतारेका थिए। तर भुसाल निकट थानेश्वर पौडेल १०४ मत अन्तरले पराजित भएका हुन्। २३६ मतदाता रहेको सिद्धार्थनगर नगरपालिकामा २२३ मत खसेको थियो। जसमा थापाले १६१ र पौडेलले ५७ मत प्राप्त गरे।

अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा अर्जुनकुमार गिरी निर्वाचित भएका छन्। उनले १८७ मत प्राप्त गरे भने प्रतिस्पर्धी लक्ष्मी केसीले ३४ मत पाइन्। सचिवमा पौडेल निकट नारायण भण्डारीले भुसालका स्वकीय सचिव मनोजकुमार रिजाललाई १५४ मतले पराजित गरे।

तीन पदमा दुई उपमहासचिव निकटका नेताहरुबीच प्रतिस्पर्धा भएपछि चुनावमार्फत नेतृत्व चयन भएको हो। जसमा पौडेल निकट नेता नै विजयी भएका छन्। नगर कमिटीको उपसचिवमा कुमार गुरुङ र माया कँडेल विजयी भए भने अन्य पदहरुमा सर्वसम्मत भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *