सर्वोच्चका पूर्वन्यायाधीश लम्साल रहेनन्
कठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ।
काठमाडौंको मेडिकेयर अस्पतालमा उपचार गराइरहेका लम्सालको ८४ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको भतिजी अमृता लम्सालले जानकारी दिइन्।
उनमा विगतमा मुटुसम्बन्धी समस्या थियो भने पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिए।
सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न २०५८ मा लम्सालको अध्यक्षतामा एक न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment