भिरबाट लडेर एकको मृत्यु, एक बेपत्ता

डिसी नेपाल
११ कार्तिक २०७८ १४:०८

काठमाडौं।बाग्लुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । बडिगाड–५ दागाका ४६ वर्षीया देवी गुरुङ खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो ।

उनी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरुष भिरबाट लडेर बेपत्ता भएका छन् । दसैँको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शङ्कर परियार भिरबाट लडेर बेपत्ता भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *