थप ५४९ जनामा सङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु

डिसी नेपाल
१२ कार्तिक २०७८ १६:०७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५४९ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । ७ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ४९० र २ हजार ६०१ जनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना मुक्त भएका छन्। यसैगरी, पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर १० हजार १५१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *