अपांगता भएका हरिशलाई आर्थिक सहयोगको अपील

डिसी नेपाल
१२ कार्तिक २०७८ १७:१४

काठमाडौँ।दोगडाकेदार गाउँपालिका–६ सित्तडका हरिश सिंह ऐरी पूर्ण अपांगता भएका छन् । (क) वर्गको अपांगता भएका ऐरीको घर निर्माणमा समस्या भएपछि उनले आर्थिक सहयोगका लागी अनुरोध गरेका हुन् ।

४० बर्षका ऐरीले कक्षा ११ मा पढ्ने बेला बाथरोगका कारण दुबै खुट्टा गुमाएका थियो । स्कुल पढ्दा कक्षामा सधैँ प्रथम, द्धितिय श्रेणीमा पास हुने उनको खुट्टामा समस्या आएपछि पढाइ छुटेको थियो । खुट्टा गुमेपछि ऐरी अहिले ह्वीलचेयरको प्रयोग गर्दै आएका छन् । उनले जनता आवास कार्यक्रममार्फत प्राप्त तीन लाखले घर निर्माण सुरू गरे पनि अपांगमैत्री घर बनाउन पाँच लाख रुपैयाँ लाग्ने भएकाले सहयोगका लागि अपील गरेका हुन् । ऐरी पाँच भाइबैनीमध्ये घरका जेठा छोरा हुन् ।

बाथरोगको उपचार गर्न काठमाडौंको अस्पताल गए पनि निको नभएको उनले बताए । उनले हालसम्म अपांगता भत्ताकै दैनिकी चलाइरहेको बताए । घरको आर्थिक अवस्था नाजुक भएकाले सहयोगीको साथ खोजेको उनले बताए । सहयोग गर्न चाहने व्यक्तिले ग्लोबल बैंक खोचलेकको खाता नम्बर एफ १०७०१०००१७३३ मा रकम जम्मा गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *